चाहेर पनि असारमा निर्वाचन हुँदैन: खनाल

JN-Khanalइलाम, ३० चैत । एमाले अध्यक्ष झलनाथ खनालले अहिले चाहेर पनि असारमा संविधानसभाको निर्वाचन गर्न असम्भव रहेको बताएका छन् ।
आज गृह जिल्ला इलामको इरौटार–८ स्थित वहुवन माध्यमिक विद्यालयको रजत महोत्सवमा खनालले असारमा चुनाव गराउन पर्याप्त समय नभएकाले मंसिरमा गर्नु उपयुक्त हुने धारणा राखे । ‘असारमा निर्वाचन गर्नका लागि आवश्यक तयारीसमेत भईनसकेकाले मंसिरमा नै गर्न उपयुक्त हुन्छ’ उनले भने ।
खनालले एमाओवादीले मात्र हैन सवैले असारमै निर्वाचन चाहेको बताए । उनले निवार्चनको विरोध गरिरहेका दलहरु वार्तामा आए संवादबाट निकास पहिल्याउने बताए ।

प्रतिक्रिया