राजविराजमा दश लाख रुपियाँ लुटपाट

rupessराजविराज, २९ चैत । सप्तरीको महादेवा–३ निवासी सरितादेवी साफीसँग रहेको दश लाख रुपियां लुटपाट भएको छ ।
जग्गा पास गर्न वोकेको दश लाख रुपियाँ विहीवार हनुमाननगर चौकवाट लुटिएको उनले बताईन् । तीन जनाको समूहमा रहेका अपरिचित यूवाले साफीको रकम सहितको ब्याग लुटेर फरार भएका हुन् । रकम लुटिएका सम्बन्धमा अनुसन्धान जारी रहेको सहायक निरीक्षक रत्न पौडेलले जानकारी दिए ।
डिमन–३ निवासी रामअवतार यादवसँग खरिद गरेको जग्गा रजिष्ट्रेशन पासका लागि उनले १० लाख रुपियाँ वोकेकी थिईन् ।
माईतीले दिएको ३ लाख र कतारमा वसेका आफ्ना पतिले पठाएको ७ लाख रुपियाँ लुटिएको साफीले जानकारी दिईन् ।

प्रतिक्रिया