निर्वाचनमा सहयोग गर्नु पर्छः अध्यक्ष रेग्मी

Khilraj Regmi Cj

चितवन, २९ चैत । अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले निर्वाचन सफल बनाउन सबको सहयोग पहिलो आवश्यकता रहेको बताएका छन् ।
चितवनको टिकौलीस्थित क्षेत्रीय रंगशाला निर्माणस्थलमा आज नेपाल स्काउटको दोस्रो राष्ट्रिय स्काउट ज्याम्बोरीको उद्घाटनमा रेग्मीले मुलुकमा अहिले निर्वाचन गराउनु सरकारको पहिलो प्रथामिता रहेको बताए ।
उनले निर्वाचनको सहज वतावरणका लागि पहिलो आवश्यकता सबैको सहयोग भएको दोहराए । उनले देशमा कुशल ब्यबस्था र स्थिरता नभएसम्म देश अगाडि बढ्न नसक्ने बताए ।
देशले युवाहरुलाई आवश्यक प्रोत्साहन गर्न नसक्नुका कारण युवाहरु देशबाट पलायन हुने अवस्था आएको वताएका उनले युवा सम्बन्धि कार्यलाई उच्च प्राथमिकतामा राखेर कार्य अगाडि बढाईने बताए ।
एवं युवा तथा खेलकुद मन्त्री रामकुमार श्रेष्ठले युवा विद्याथीवर्गमा नेतृत्व विकासमा स्काउटको अभियानले सकारँत्मक भावना विकास गर्न वताए ।

प्रतिक्रिया