अनलाइनमा कविता गोष्ठी

काठमाडौं : अर्गनाइजेसन फर नेपलिज कल्चर एन्ड वेलफेयर, अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान र स्व. सोमनाथ शर्मा मेमोरियल ट्रस्टको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय नेपाली कविता गोष्ठी अनलाइनमा सम्पन्न भएको छ ।
नेपाललगायत अन्य विभिन्न मुलुकका दुई दर्जन ख्यातिप्राप्त साहित्यकारले कार्यक्रममा आफ्ना रचनाहरू वाचन गरे । स्कटल्यान्डको एवरडिन सहरमा हालै आयोजित उक्त कार्यक्रमको अनलाइन रेडियो ‘रेडियो अन्को’बाट प्रत्यक्ष प्रसारण गरिएको थियो । एनआरएन अध्यक्ष जीवा लामिछानेले टेलिफोनमार्फत शुभेच्छा व्यक्त गरेको सो कार्यक्रम नेपाली भाषासाहित्यको जगेर्ना गर्न अन्तर्राष्ट्रियस्तरबाट थालिएको एक प्रयास भएको अनेवाका अध्यक्ष विकलचन्द्र आचार्यले बताए ।
होमनाथ सुवेदी (अमेरिका), मधु माधुर्य (रसिया), श्रीभक्त अच्युत वाग्ले र सुरेन्द्र दवाडी
(अस्ट्ेरलिया), हरिहर अर्याल
(फ्रान्स), खगेन्द्र लिम्बू
(थाइल्यान्ड), सन्ध्या रेग्मी
(भयतनाम), व्याकुल माइला, श्रवण मुकारुङ्ग, गणेश रसिक, प्रदीप नेपल, प्रा.डा. सुष्मा आचार्य, डा. नित्य खनाल, जयन्ती सत्याल स्पन्दन, दिव्या शर्मा, नमुना भट्टराई र गोकुलप्रसाद भण्डारी (नेपाल) र कायल ओ सार्गीले (आयरल्यन्डबाट) कवितावाचन गरेको कार्यक्रममा इजरायलबाट दीप्स शाह, अफगानिस्तानबाट केदार संकेत तथा युकेबाट सोमा घिमिरे, किरण लिम्बू, गोपीकृष्ण प्रसाईं, संगीता कार्की र अमृत बोहराले रचनावचन गरे । (सौस)

प्रतिक्रिया