विष सेवन पछि आमा र छोरीको मृत्यु

दाङ, २६ चैत । दाङमा विष सेवन पछि आमा र छोरीको मृत्यु भएको छ । विष सेवन पछि गम्भीर घाईते आमा र छोरीको उपचारका क्रममा मृत्यु भएको हो ।
सोमवार राति मानपुर–२, सन्नेवाकी २१ वर्षीया सानु चौधरीले आफ्नी एक वर्षीया छोरीलाई विष खुवाएर आफूले पनि ज्यान दिएको प्रहरीले जनाएको छ । उनीहरुले विष सेवन गर्नुको कारण खुल्न नसकेको प्रहरी भनाई छ ।
बिष सेवनबाट गम्भीर बिरामी भएका आमा र छोरीलाई राति नै उपचारका लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराही लैजाँदै गर्दा बाटोमा मृत्यु गएको प्रहरीले जनाएको छ । सौर्य

प्रतिक्रिया