बन्दकर्ताले ट्रिपरमा आगो लगाए

उदयपुर, २५ चैत । नेकपा माओवादी सहितका ३३ दलले आह्वान गरेको नेपाल बन्द उल्लंघन गरेको भन्दै बन्दकर्ताहरुले आज उदयपुरमा एक ट्रिपरमा आगो लगाएका छन् ।
बन्दकर्ताले दुईदर्जन बढि मोटरसाईकल नियन्त्रणमा लिएका छन् । उनीहरुले शिमव् ओम मल्टि प्रपोज कम्पनीको ट्रिपरमा आगो लगाएको प्रहरीले जनाएको छ ।
सिरहास्थित मारुति सिमेण्ट उद्योगका लागि चुनढुंगालिन सिन्धुलीको ककुरठाकुर तर्फ जाँदैगरेको ना १ क २७१८ नम्बरको ट्रिपरलाई बन्दकर्ताले रोकेर सिरिसे गाविस वडा नम्वर ९, सगरगाँसमा पेट्रल छर्किएर आगोलगाईएका हुन् ।

प्रतिक्रिया