अकुपाई बालुवाटार सयौं दिनमा

काठमाडौं, २४ चैत्र । देशव्यापीरुपमा महिलाहरुमाथि हुने गरेका हिंसाका घटनाहरुमा संलग्नलाई कारवाहीको माग गर्दै सुरु गरिएको अकुपाई बालुवाटार अभियान आज सयौं दिनमा प्रवेश गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटार अगाडि महिला अधिकारकर्मी, नागरिक समाज र विभिन्न स्वतन्त्र व्यक्तिहरु स्वतफूर्त रुपमा अकुपाई बालुवाटार अभियानमा सहभागी हुँदै आएका छन् । अपराधीलाई कारवाही गर्नुको साँटो राजनीतिक संक्षरण दिँदा अपराधीको मनोबल बढ्दै गएकाले महिला हिंसा लगायतका जघन्य अपराधहरु बृद्धि भएको अभियानकर्ताहरुको दावी छ । प्रधानमन्त्री निवास अगाडि सय दिन देखि जारी अकुपाई बालुवाटार अभियानको सुनुवाई नभएकोप्रति उनीहरुको गुनासो छ । उनीहरुले अपराधीलाई कारवाही गरिनुपर्ने, दण्डहीनताको अन्त्य र समाजमा शान्ति सुव्यबस्था कायम हुनुपर्ने माग गरेका छन् । आफ्नो मागको सुनुवाई नभएसम्म अकुपाई बालुवाटार अभियान जारी राख्ने बताएका छन् ।

प्रतिक्रिया