बोक्सीको आरोपमा कुटपिट गरी दिसा खुवाईयो

kailaliधनगढी, २३ चैत । कैलालीमा एकजना बृद्धा महिलालाई आफन्तले बोक्सीको आरोपमा कुटपिट गरी दिसा खुवाएका छन् । पीडितको उद्धार गर्नुका साथै घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
आज बिहान करिब चारबजे धनगढी नगरपालिकासंगै जोडिएको बेलादेबीपुर–८, घोडसुवाकी ६५ वर्षीया राजकुमारी रानालाई बोक्सीको आरोप कुटपिट भएको हो । उनलाई देबर रामसिंह राना र भतिजी निरा रानाले दिसा खुवाएर कुटपिट गरेका हुन् ।
आठ–नौ वर्षअघि बोक्सी लगाई आफ्नो छोरालाई मारेको भन्दै निरा घरमा काप्दै आएर आफ्नी आमालाई निर्घात कुटपिट गरेको छोरा दलबहादुर रानाले बताए ।
घरमै काप्दै आएकी निरा र उनीसंगै रहेका रामसिंहले ‘यो बोक्सी हो, यसलाई मार्नुपर्छ’ भन्दै दिसा खुवाएर निर्घात कुटपिट गरेको पीडित राजकुमारीले बताइन् ।
राजकुमारीलाई बोक्सीको आरोपमा कपाल पनि मुण्डन गरिएको छ । उनको कुटपिटबाट एउटा दांत भाच्चिएको छ ।
कुटपिट र गुप्तांगमा लठ्ठी कोचेर गम्भीर घाइते राजकुमारीको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
दुई वर्षअघि पनि आफ्नी आमालाई निराले बोक्सी भएको भन्दै कुटपिट गरेकी थिईन् ।
प्रहरीको टोली घटनास्थलमा पुगेर घाइतेको उद्धार गरेको छ । घटनामा संलग्न निरा र उनका पती लालसिंह रानालाई पक्राउ गरेर ल्याएको प्रहरी निरीक्षक कुलदीप चन्दले बताए ।

प्रतिक्रिया