रामेछाम उद्योग वाणिज्य संघमा खड्का

मन्थली, २२ चैत । रामेछाप उद्योग वाणिज्य संघमा पशुपतिबहादुर खड्का अध्यक्षमा निर्वाचित भएका छन् ।
बुधबार राति घोषणा भएको मत परिणाम अनुसार खड्काले प्रतिस्पर्धी केशवप्रसाद घिमिरे पराजित गरेका हुन् ।
अध्यक्षसहित १० पदका लागि दुई प्यानल खडा भएका थिए । जगन्नाथ दाहाल, श्याम थापा, ढाकल थापा, नवीनकुमार थापामगर, नवराज ढुंगेल, दामोदर थापा, कोमलशंकर घिमिरे, ईश्वरचन्द्र श्रेष्ठ र जयप्रकाश श्रेष्ठ सदस्यमा निर्वाचित भएका छन् । निर्वाचित सदस्यबाटै कार्यसमितिमा पदाधिकारी छनौट गर्ने संघको विधानमा छ ।
छ सय ६९ मतदाता सदस्य छन् । निर्वाचनमा एक जना पनि महिला उम्मेदवार थिएनन् ।

प्रतिक्रिया