दुर्घटनामा दुईको मृत्यु

काठमाडौं : गुल्मी र सुर्खेतमा भएका दुर्घटनामा दुईको मृत्यु भएको छ । दुर्घटनामा सात घाइते भएका छन् ।
गुल्मीको खड्गकोटबाट पुर्तिघाटतर्फ यात्रु लिएर जाँदै गरेको लु १ ज १६७० नम्बरको जिप दुर्घटना हुँदा जिपका सहचालक पुर्तिघाट–१ का २१ वर्षीय आविष्कार श्रेष्ठको मृत्यु भएको छ ।
घाइतेमध्ये जिप चालक पुर्तिघाट–२ का २५ वर्षीय अनिल श्रेष्ठ, खड्कोट–३ का ४३ वर्षीया सावित्रा थापा र पुर्तिघाट–१ का २० वर्षीय सुमन श्रेष्ठको अवस्था गम्भिर छ । त्यस्तै, दुर्घटनामा खड्गकोट–४ का ३५ वर्षीय पुरुषोत्तम ज्ञवाली, उनका छोरा १५ वर्षीय विश्व ज्ञवाली र पुर्तिघाट–२ का १२ वर्षीय बिपन थापा घाइते भएका छन् । घाइतेलाई पुर्तिघाटमा सामान्य उपचारपछि पाल्पा पठाइएको छ ।
यस्तै, सुर्खेतको छिन्चु–२ बाहुनीमोडमा नेपालगन्जबाट सुर्खेत जाँदै गरेको भे २ प ८३८९ नम्बरको मोटरसाइकल बुधबार बिहान करिब सवा ११ बजे सडकको भित्तामा ठोक्किएर दुर्घटना हुँदा सीता श्रेष्ठ कुँवरको मृत्यु भएको छ । घाइते श्रेष्ठको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटलसाइकल चालक कोहलपुर–३ का राजकुमार सिंह घाइते भएका छन् । (सौस)

प्रतिक्रिया