विद्यालय निर्देशिक संशोधनको माग

काठमाडौं, २० चैत । गीता राणा नेतृत्वको एनप्याब्सनले संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिक–२०६९ संशोधन गर्न माग गरेको छ ।
एनप्याब्सनले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर निर्देशिकामा रहेका केही ब्यवस्थाले नीजि विद्यालय सूचारु रुपमा सञ्चालन गर्न बाधा पुराएको जनाएको हो ।
निर्देशिकाले एउटा कक्षामा न्यूनतम २२ जना विद्यार्थी हुनु पर्ने प्रावधान गरेको छ । विद्यालयहरुवीच विद्यार्थी भर्नामा तिब्र प्रतिष्पर्घा रहेकाले कतिपय स्थापित विद्यालय समेत अप्ठयारोमा पर्ने भएकाले अधिकतम भर्ना गर्ने कोटा समेत तोक्न पाउनु पर्ने एनप्याव्सनको माग छ ।
सवारी साधन, विद्यार्थीको करलगायतका व्यवस्थाले पनि आफूहरुलाई समस्या भएको एनप्याव्सनको भनाई छ ।

प्रतिक्रिया