उदयपुरमा ढुङगाले थिचेर ‘मैना’को हत्या

उदयपुर, २० चैत । उदयपुर जिल्ला पतिले आफ्नै पत्नीलाई ढुङगाले किचेर हत्या गरेका छन् ।
सोमबार राति करिव दश बजे तपेश्वरी–९ का ३३ बर्षीय रीमबहादुर भुजेलले पत्नी मैना भुजेललाई ढुङ्गाले किचेर हत्या गरेको प्रहरी नायव उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए । मैनालाई सुतेकै स्थानमा रीमबहादुरले ढुङगाले प्रहार गरेका थिए ।
मादक पर्दाथ सेवन गरेर आएका रीमबहादुरले सुतेकी मैनालाई ढुङगा प्रहार गरेका हुन् ।
हत्याको अभियोगमा प्रहरीले रीमबहादुरलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया