मनीष र मदन मोटरसाइकलका लागि भिड्दै

काठमाडौं : फिडेमास्टर मनीष हमाल तथा गोल्डेनगेट कलेजका मदनकृष्ण कायस्थ प्रथम सहकारी कप बुद्धिचाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । सोमवार सम्पन्न सेमिफाइनलका खेलमा मनीषले ललितपुरका राजन पुरी तथा मदनले लिग चरणका विजेता दर्पण साकोस झापाका नीरज निरौलालाई पराजित गरे ।
नेशनल डेभलपमेन्ट सहकारी ललितपुरका मनिषले पहिलो लेगमा जित हात पारे भने दोस्रोमा पराजय बेहोरे । टाइब्रेकरका पहिलो खेलमा बराबर भयो, दोस्रोमा मनीष विजयी भए । उता पहिलो लेगमा निरजलाई कालो गोटीबाट हराउन सफल मदन दोस्रो लेगमा सेतो गोटीबाट हार बेहोरेपछि अर्को सेमिफाइनलको टुंगो सडनडेथबाट भएको हो । (सौस)

प्रतिक्रिया