कांग्रेसको केन्द्रीय समिति बैठक बुधबार

काठमाडौं, १९ चैत । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबार बस्ने भएको छ ।
पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा संविधानसभा निर्वाचन र नवलपरासीमा हुन लागेको महासमिति बैठकका बारेमा छलफल हुने कांग्रेसले जनाएको छ । कांग्रेसले निर्वाचनका बारेमा आन्तरिक छलफल गर्दै आएको छ ।
यस अघि बसेको बैठकमा धारणा राख्ने केही सदस्यले खिलराज रेग्मी नेतृत्वको चुनावी सरकार गठनका विषयमा नेतृत्वको आलोचना गरेका थिए ।

प्रतिक्रिया