जसले बिकिनीमा चर्चा कमाए

amritaबिकिनी र ग्ल्यामर एकअर्काका परिपूरक जस्तै बनिसकेका छन्, बलिउडमा । सधैँभरि शालीन अनि सोझो भूमिकामा देखिनेहरू पनि करियर ओह्रालो लाग्न थालेपछि जे त होला भन्दै बिकिनी लगाएर चर्चामा आउने उपाय अपनाउँछन् । तर, बलिउड इन्डस्ट्रीमा बिकिनी सधैँभरि विवादास्पद ड्रेसका रूपमा रहँदै आएको छ । यस्तै विवादबाट भए पनि सबैको ध्यानमा बसिरहन अधिकांश अभिनेत्रीले बिकिनी पहिरिएर सेक्सी फोटोसेसन गराउने गरेका छन् ।
चलचित्र कमबख्त इस्कमा अभिनेत्री अमृता अरोराले दिएको बिकिनी सिनले निकै हंगामा मच्चायो एक समय । अभिनयबाट खासै जम्न नसकेपछि उनले बिकिनीलाई चर्चा कमाउने हतियार बनाएकी थिइन् । सोझी घरेलु केटीको छवि बनाएकी थिइन्, अनुष्का शर्माले । तर, उनको यो छवि विस्तारै ‘मोनोटोनस’ हुन थाल्यो । अनि उनले पनि उपाय निकालिन्, उही बिकिनी । चलचित्र बदमास कम्पनीमा दर्शकले बिकिनीमा उदांगिएको उनको शारीरिक बान्की नियाल्न पाए । त्यसमार्फत भरपूर ग्ल्यामर पस्किएर सिल्भर स्क्रिनमा दरिएको घरेलु केटीको छविलाई उनले पूरै परिवर्तन गरिदिइन् । अभिनेत्री बारबरा मोरीले डेब्यु चलचित्र काइट्समै बिकिनी पहिरिएर नायक ऋत्विक रोशनका साथ अनस्क्रिन kangnaरोमान्स गरिन् । यो लुकमा उनको चर्चा निकै भयो । बलिउडकी काली बिराली विपासा बासुले धुम–२ मा बिकिनी पहिरिएर देखाएको ग्ल्यामर दर्शकले अझै बिर्सेका छैनन् । यो मामिलामा अभिनेत्री कंगना रनावत पनि अगाडि नै छिन् । फिल्म रास्कलमा उनले सेतो बिकिनी पहिरिएर भरपूर ग्ल्यामर पोखिन् । शरीरलाई जिरो साइजमा पुर्‍याएकी करिना कपुरले पनि आफ्नो करामत प्रस्तुत गर्ने माध्यम बनाइन्, बिकिनीलाई नै । फिल्म टसनमा बिकिनीमार्फत उनको जवानी छचल्किएको देखेकाहरूले अझै चर्चा गर्न छोडेका छैनन् । तर, उनले पछिल्लो चलचित्र हिरोइनमा भने बिकिनी लगाउन नमानेको एजेन्सीले जनाएको छ ।
barbaraबलिउडमा बिकिनी पहिरिने परम्पराको शुरुआत पुरानी अभिनेत्री नूतनले गरेकी थिइन् । नायिकाहरूले सारी वा कुर्ता पहिरिने उति बेलाको चलचित्र संस्कार तथा भारतीय समाजमा उनको यो हर्कत निकै साहसी मानियो, अनि निकै विवादित पनि । सन् १९६८ को कालो पर्दाको जमानामा चलचित्र दिल्लीका ठगका लागि उनले पहिलोचोटि बिकिनी सिन दिएकी थिइन् । नूतनपछि सन् १९६७ मा नायिका शर्मिला टैगोरले पनि बिकिनी लगाउने साहस देखाइन् । चलचित्र एन इभिनिङ इन पेरिसमा उनले लगाएको बिकिनी विगतका अभिनेत्रीको भन्दा पनि खुला देखिन्थ्यो । सो चलचित्रमा उनको हट शैली देखेर उति बेलाको भारतीय समाजमा थुप्रैले जिब्रो टोके । फिल्म दोस्तानामा नायिका प्रियंका चोपडाले पहिरेको सिल्भर कलरको बिकिनीले पनि बलिउडमा हंगामै मच्चायो । उनको यो बिकिनी सटका हट तस्बिर इन्टरनेटमा निकै हेरिएका छन् । (एजेन्सी)

प्रतिक्रिया