ग्यास उद्योग संघमा घिमिरे

काठमाडौं : एलपी ग्यास उद्योग संघको अध्यक्षमा शिवप्रसाद घिमिरे सर्वसम्मत चयन भएका छन् । सुगम ग्यासका सञ्चालक घिमिरे संघको शुक्रबार सम्पन्न साधारणसभाबाट सर्वसम्मतबाट अध्यक्षमा चयन भएका हुन् ।

संघको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र डल्लाकोटी, उपाध्यक्षमा विजयहरि शर्मा र रामचन्द्र संघाई, महासचिवमा कुशप्रसाद मल्ली र कोषाध्यक्षमा कृष्णभक्त श्रेष्ठ चयन भएको संघले जनाएको छ । यस्तै, सदस्यमा मनोजकुमार दास, शंकर श्रेष्ठ, आदित्य पराजुली, धर्मराज बर्तौला, दिवान चन्द र पशुपति बुर्लाकोटी चयन भएका छन् । संघले विज्ञप्तिमार्फत नयाँ कार्यसमिति चयन भएको जनाएको हो ।
एलपी ग्यास उद्योग तथा व्यवसायलाई सरकारले संवेदनशील व्यवसायका रूपमा लिएको छ । उपभोक्ता ठग्ने गरी कृतिम मूल्य वृद्धि गर्ने, कालाबजारी गर्ने र जोखिमपूर्ण सिलिन्डर उत्पादन र बिक्री गर्नेलाई सरकारले कडा कारर्बाही गर्ने व्यवस्थासमेत गरेको छ । तर, कानुन कार्यान्वयन नहुँदा यसको प्रत्यक्ष मारमा उपभोक्ता पर्ने र त्यस्ता काममा संलग्न व्यक्तिको मनोबल बढ्दै जाने गरेको अधिकारकर्मीहरू बताउँछन् ।

प्रतिक्रिया