चुनावी माहोल बन्दै आएको छः कांग्रेस

काठमाडौं, १७ चैत । कांग्रेसका शीर्ष नेताहरुले चुनावी माहोल बढ्दै गरेको दाबी गरेका छन् । उनीहरुले चुनावमा सक्रिय हुन पनि नेता तथा कार्यकर्तालाई दिर्नेशन दिए ।
राजधानीमा आज आयोजित कार्यक्रममा उनीहरुले छिट्टै निर्वाचनको मिति तोक्ने तयारी भएको जानकारी गराए । ‘मिति तोक्ने तयारी भईरहेको छ,’ उनीहरुको भनाई छ ।
सभापति सुशील कोइरालाले प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको अन्तरिम मन्त्रिपरिषद निरंकुश बन्न नसक्ने बताए । उनले सरकार निरंकुश बने एक घण्टाभित्र ढाल्ने चेतावनी दिए ।
वर्तमान सरकारले संविधानसभा निर्वाचन तोकिएकै समयमा गर्ने योजनाका साथ लाग्नु पर्ने बताए । ‘सबैले चुनावलाई केन्द्रमा राखेर सरकारले गतिविधि गर्नु पर्छ,’ उनले भने ।
नेता शेरबहादुर देउवाले निर्वाचनका लागि वातावरण बन्दै गएको बताए । उनले भने, ‘नयाँ जोस र जाँगरका साथ प्रचार प्रसारमा लाग्नु पर्छ ।’
उपसभापति रामचन्द्र पौडेलले दलहरुका बीच चुनावी वातावरण बनाउन छलफल चलिरहेको बताए । उनले छिट्टै चुनावको मिति तोकिने दाबी गरे ।

प्रतिक्रिया