निर्वाचन असारमा नभए मंसिरमाः खनाल

कञ्चनपुर, १७ चैत । एमाले अध्यक्ष झलनाथ खनालले कुनै कारणले असारमा चुनाव हुन नसके मंसिरमा गर्ने बताएका छन् ।
कञ्चपुरमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले निर्वाचन सार्नु परेमा दलहरुकै सहमतिमा निर्णय गरिने बताए । ‘असारमा कुनै कारणले निर्वाचन हुन नसके राजनीतिक दलको सहमतिमा आगाम मंसिरमा संविधानसभाको निर्वाचन हुन्छ,’ उनले भने ।
यद्यपि अध्यक्ष खनालले संविधानसभा निर्वाचन असारमै हुने दाबी पनि गरे । निर्वाचन आयोगले असारमै निर्वाचन गर्नका लागि कानूनी र प्राविधिक तयारी गरिहेको भन्दै खनालले तोकिएकै समयमा निर्वाचन हुनेमा आफू विश्वस्त रहेको बताए ।
अध्यक्ष खनालले चुनावको पर्याप्त गृहकार्य गरेर मात्रै मिति घोषणा गर्नुपर्ने उल्लेख गरे । उनले लोकतन्त्रमा विश्वास गर्ने शक्तिबीच कार्यगत एकता गरी चुनाव लड्नु योजना रहेको बताए ।
अध्यक्ष खनालले नेकपा माओवादीलाई मतदाता नामावली संकलन कार्यमा अवरोध नगर्न पनि भनेका छन् । उनले लोकतान्त्रिक पद्धतिमा जान कोही पनि डराउन नहुँने बताए ।

प्रतिक्रिया