सप्तरीमा दश घरमा आगलागी

राजविराज, १६ चैत । सप्तरी जिल्लाका दुई गाविसमा भएका आगलागीमा परेर १० घर नष्ट भएका छन् । आगलागीबाट करिव १५ लाख बराबरको क्षति भएको छ ।
खाना पकाउने क्रममा शुक्रबार जगतपुर र वरही वीरपुर गाविसमा आगलागी भएको हो । स्थानीय र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो ।
जगतपुर गाविस वडा नम्वर ३ निवासी लक्ष्मी रामको घरबाट आगो सल्किएको थियो ।
आगलागीमा उनका दुई भाई छोरा विनोद र विपिन, तथा छिमेकी विनोद कर्ण र रघु रामलगायतका ८ घर जलेर नष्ट भएका हुन् ।
आगलागीमा परेर विपिन रामले विदेशवाट पठाएको नगद ६६ हजार जलेको छ ।
उता, वरही वीरपुरमा भएको आगलागीमा परेर दुई घर जल्दा करिव ५ लाख वरावरको क्षति भएको छ ।

प्रतिक्रिया