होलीमा कुटपिट हुँदा जयप्रकाशको मृत्यु

राजविराज, १५ चैत । होली पर्वका अवसरमा अत्याधिक मदिरा सेवन गरी झै झगडा गर्दा सप्तरीमा एक जनाको मृत्यू भएको छ भने १ दर्जन वढि स्थानीय घाईते भएका छन् ।
बुधबार राति भएको झडपमा हर्दिया कटैया गाविस वडा नम्वर ६ का २५ वर्षीय जयप्रकाश मुखियाको मृत्यू भएको हो । रक्सीको बोतल तथा लाठी प्रहारबाट गम्भीर घाईते मुखियालाई उपचारका लागि विराटनगर लौजादै गर्दा वाटोमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी सञ्जयसिंह वस्नेतले जानकारी दिए ।
झडपमा स्थानीय श्यामसुन्दर मुखिया, रमेश मुखिया, मुगालाल मुखिया, बीरेन्द्र मुखिया, देवलाल मुखियालगायत एक दर्जन घाईते भएका छन् ।
घाईतेको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको छ । गम्भीर घाईते रामा मुखियालाई थप उपचारका लागि विराटनगर लगिएको छ ।
घटनामा संलग्न ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सकलदेव मुखिया, रामविलास मुखिया, रामवावु मुखिया, रामवावु मुखिया, राजकुमार मुखिया, श्रीदेव मुखिया, हरेराम मुखिया र रामलाल मुखिया छन् ।
सोही घटनाको विषयलाई लिएर आज बिहान पनि झडप भएको छ । मृतक पक्षका शिवनारायण साह, चित्रनारायण साह, रामप्रित साहलगायतले आफूहरु माथि एक्कासि कुटपिट गरेको पीडितको आरोप छ ।
विहान भएको झडपका क्रममा रामरुप साह, रामकुमारी साह, लडुवति साह, रञ्जुदेवी साह र ममतादेवी साह पनि घाईते भएका छन् ।
वुधवार साँझ पोर्ताहा गाविसमा झडप हुँदा ५ जना घाईते भएका थिए ।

प्रतिक्रिया