११ वर्षे बालकले बनाए सिंह भगाउने उपकरण

richard_turere_naiनिर्धा जनावरहरूलाई मारेर भोक टार्ने खतरनाक जंगली जनावरहरू बेलाबखत बस्तीमा छिरेर मान्छेमाथि पनि आक्रमण गरिरहेका हुन्छन् । कुनै एक्लो मान्छेले बाघ, सिंहजस्ता घातक जनावरलाई परास्त गर्नु वशको कुरा होइन । तर, केर्नियाका एक बालकले भने सिंहलाई भगाउन सक्ने उपकरण बनाएका छन्, ११ वर्षको उमेरमा ।
बालक रिचार्ड टुरेरेले कुनै प्राविधिक ज्ञान वा प्रशिक्षणविनै सिंह तर्साउन सक्ने ‘लाइट’ बनाएका हुन्, त्यो पनि ५ सय रुपियाँभन्दा कम लागतमा । जसमा उनले फुटेको टर्चलाइटको एलइडी बल्ब, पुरानो कारको ब्याट्री, एउटा सोलार प्यानल र मोटरसाइकलको लाइट इन्डिकेटर बक्स प्रयोग गरेका छन् । टिलपिलाएर बलिरहने विशेषताले यसलाई खास बनाएको छ । स्थानीय वरिष्ठ वैज्ञानिक डा. चाल्र्स मुस्योकी भन्छन्– ‘स्थिर लाइटले सिंह कहिल्यै तर्संदैन, तर कुनै स्रोतबाट टिलपिल गरेर आउने प्रकाशको मुस्लोले भने उसको सातो लिन्छ ।’
यो उपकरण प्रयोग गरेपछि उक्त क्षेत्रका पाल्तु जनावरमाथि सिंहको आक्रमण कम हुन थालेको छ, किर्निया वनविभागका कर्मचारी र वरिपरिका बासिन्दाको तनाब घटेको छ । रिचर्डले आफ्नो वरिपरि यस्ता सातवटा लाइट जडान गरिसकेका छन् र किर्नियाका अन्य स्थानमा पनि उनको नक्कल हुन थालेको छ । (एजेन्सी)

प्रतिक्रिया