जिल्ला लिग शुक्रबारदेखि

काठमाडौं : रेडबुल जिल्लास्तरीय लिग फुटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । यसका लागि ४५ जिल्लालाई तीन श्रेणीमा विभाजन गरिएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पहिलो डिभिजनमा मोरङ, झापा, सुनसरी, चितवन, रूपन्देही, मकवानपुर, स्याङ्जा, बाँके, सिराहा र कास्की क्लब रहेका छन् ।
दोस्रो श्रेणीमा धनकुटा, इलाम, रौतहट, धनुषा, नवलपरासी, सिन्धुपाल्चोक, तनहँु, कैलाली, कञ्चनपुर, पर्सा, दाङ र दोलखा रहेका छन् । तेस्रो श्रेणीमा पाल्पा, संखुवासभा, सर्लाही, सप्तरी, बारा, गोरखा, महोत्तरी, धादिङ, नुवाकोट, उदयपुर, भोजपुर, बाग्लुङ, ताप्लेजुङ, सिन्धुली, पाँचथर, सुर्खेत, लम्जुङ, काभ्रे र बर्दिया रहेका छन् । तीनै श्रेणीमा जिल्लास्तरीय च्याम्पियन क्लबले सहभागिता जनाउने छन् । प्रतियोगिता लिग कम नक आउटको आधारमा हुनेछ । पहिलो श्रेणीको पुछारमा रहने दुई टोली रेलिगेसनमा पर्नेछन् । बी डिभिजनका शीर्ष दुई टिम ‘ए’मा बढुवा हुनेछन् भने पुछारका दुई टिम रेलिगेसनमा पर्नेछन् । यसैगरी तेस्रो श्रेणीमा पनि शीर्ष दुई टोली ‘बी’ डिभिजनमा बढुवा हुनेछन् भने पुछारका दुई टोली रेलिगेसनमा पर्नेछन् । प्रतियोगिताको कुल पुरस्कार रकम १५ लाख रुपियाँ रहेको छ । (सौस)

प्रतिक्रिया