मोटरबाटो निर्माणमा जुटे स्थानीय

धरान, १३ चैत । राजनीतिक अस्थिरता, राजनीतिक दलबीच सत्तालोलुपका कारण गणतन्त्रपश्चात् विकास निर्माणकार्य ठप्प भइरहेको समयमा स्थानीय स्तरबाटै विकास निर्माण कार्यलाई तीव्रता दिने क्रम पनि प्रतिदिन भइरहेका छन् । सुनसरीको विष्णुपादुकाका वडा नम्बर १ र ७ का बासिन्दाले पनि आफ्नो गाउँँमा मोटरबाटो निर्माण गरेर उदाहरण प्रस्तुत गरेका छन् ।

गाउँँमा मोटरबाटो नपुगेपछि थाप्लोमा भारी बोकेर गाउँँमा उत्पादित कृषिजन्य वस्तु धरानसम्म ल्याउनुपर्ने बाध्यताका उनीहरूले मोटरबाटो निर्माण सुरु गरेका हुन् । १ सय ६ घरधुरीले ‘आफ्नो गाउँँ आफैँ बनाउँm’ भन्ने उद्देश्यका साथ गाउँसम्म मोटरबाटो पुर्‍याउने लक्ष्यका साथ काम सुरु गरेका छन् ।
धरान नगरपालिका–१३, देवी टोलीदेखि विष्णुपादुका मन्दिरसम्म पुग्ने १० किलोमिटर मोटरबाटो निर्माणका लागि प्रत्येक घरधुरीबाट ५ हजार रुपियाँका दरले ५ लाख ३० हजार रकम संकलन गरी निर्माण कार्यमा जुटेका हुन् । उनीहरू निर्माण कार्य गर्दा प्राकृतिक स्रोत–साधनलाई नष्ट नगरी मोटरबाटो निर्माण गर्ने तयारीमा छन् । धरानको खानेपानीको मुहानमध्ये सर्दु जलाधार क्षेत्र यस क्षेत्रमा पर्ने भएकाले धरानलाई पनि असर नपुग्ने गरी मोटरबाटो निर्माण गर्ने उनीहरूको योजना रहेको कृषि तथा ग्रामीण सडक निर्माण पहल समितिका अध्यक्ष जगत राईले बताए ।
उनले विष्णुपादुकामा उत्पादन भएका अदुवा, हर्दीलगायत कृषि सामग्री बजारसम्म पुर्‍याउन गाउँदेखि बोकेर ल्याउनुपर्ने भएकाले बाटो निर्माण गरी कृषकको जीवनस्तर उकास्न गाउँले सक्रिय भएको बताए । मोटरबाटो बनेपछि विष्णुपादुका समेत पर्यटकीय स्थल बन्ने गाउँलेले बताएका छन् । विष्णु पादुकामा ५ वर्ष अगाडिदेखि मोटर सञ्चालन भए पनि तल्लो भाग अर्थात् वडा नम्बर १ र ७ लाई नछुने र गाडी जाने स्थानसम्म जाँदा भारी बोकेरै धरान आउन छिटो हुने भएकाले माथिल्लो भेगका स्थानीयले मोटरबाटो पुर्‍याउने अठोटका साथ छलफलमा जुटेको समितिका पदाधिकारी बताउँछन् ।

प्रतिक्रिया