मीराका गजल बजारमा

mira-bookकाठमाडौं : सिर्जना गर्नेले जुन मुलुकामा र जहाँ रहे पनि फरक पर्दैन भन्ने उदाहरण बनेकी छन् मीरा थापा । उनले इजरायलमा कार्यरत रहँदा पनि गजल संग्रह बजारमा ल्याएकी छन् ।
प्राज्ञ बुँद रानाले हालै राजधानीमा उनको गजल कृति ‘माटो, मुटु र मन’ सार्वजनिक गरे । ‘मीरामा निकै ठूलो सम्भावना देख्छु,’ बुँदले भने, ‘पछिल्ला छिमलका गजलकारमध्ये उनी अब्बल ठहरिएकी छन् ।’ कार्यक्रममा प्रतीक ढकाल, करण थापा, प्रभाती किरण, घनेन्द्र ओझा र रमेश कँडेलले उक्त संग्रहबारे टिप्पणी गरेका थिए । विश्वव्यापी अनलाइन गजल प्रतियोगितामा पहिलो भइसकेकी मीराका गजलहरू मन छुने खालका छन् । (सौस)

प्रतिक्रिया