छोरालाई गोली प्रहार

काठमाडौं, १२ चैत । काठमाडौंको साँखु सुन्टोल–९ मा घरायसी विवाद पछि बाबुले आफ्नै छोरालाई गोली प्रहार गरेर घाईते बनाएका छन् ।
४८ वर्षीय बाबु सुकमान घिसिङले आफ्ना २७ बर्षीय छोरा सूर्य घिसिङलाई आज विहान पौने दश बजे भरुवा बन्दुक प्रहार गरेको प्रहरीले जनाएको छ । गोली लागेर घाइते सूर्यको मोडेल अस्पताल जोरपाटीमा उपचार भई रहेको छ ।
सुकमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छोरालाई गोली प्रहार पछि सुकमानले महानगरीय प्रहरी प्रभाग साँखुमा आत्मसमर्पण गरेका थिए ।

प्रतिक्रिया