पोखरीमा डुबेर बालकको मृत्यु

भक्तपरु , १२ चैत । भक्तपुरमा अवस्थित एक ईटाभट्टा  भित्र रहेको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
नखेंल गाविसको भातेढिकुरो स्थित ईटा व्यवसायी सघंका अध्यक्ष बिश्वराम क्वाको हुनुमान मैत्री ईटा भट्टामा रहेको पोखरीमा डुबेर आज १४ वर्षीय बालक मनोज भुजेलको मृत्यु भएको हो । काभ्रे बनेपा नगरपालीका ९ का मृतक बालकका बुबा राम कुमार भुजेल सोही ईटाभट्टामा काम गर्छन् ।
दिउसोको गर्मी छल्न पौडी खेल्ने क्रममा बालकको डुबेर उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया