निर्वाचन तयारीका विषयमा परामर्श

Elecatation-Commisionकाठमाडौं, १२ चैत । नवनियुक्त प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुले असार पहिलो साता गर्ने भनिएको संविधानसभा निर्वाचनको तयारी र कार्यसम्पादनका बारेमा परामर्श गरेका छन् ।
निर्वाचन आयोगको कार्यालय कान्तिपथमा आज आयुक्त र कर्मचारीबीच परामर्श भएको हो । प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीसहित चार आयुक्तहरुले आइतबार सपथ लिएका थिए । सपथ लिएको दोस्रो दिन आयुक्तहरुले निर्वाचनको तयारीका बारेमा परामर्श गरेका हुन् ।
आयुक्तहरुले निर्वाचनको तयारीमा जुट्न पनि कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।
निर्वाचनका सम्बन्धमा हालसम्म भएका काम र गतिविधिका बारेमा प्रमुख आयुक्त र आयुक्तहरुलाई जानकारी गराएको आयोगले जनाएको छ । कर्मचारीहरुले चुनावको मिति तय गर्न ढिलाई हुँदा समयमै निर्वाचन गराउन समस्या हुने उल्लेख गरे ।
छलफलमा नेकपा–माओवादीले विभिन्न जिल्लामा फोटोसहितको मतदाता नामावली संकलनमा पुराएको अबरोधका बारेमा समेत परामर्श गरेका थिए ।

प्रतिक्रिया