नेविसंघको रिले अनशन जारी

nepal student uniyan

काठमाडौं, १२ चैत । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन माग गरेर नेपाल विद्यार्थी संघले उपकुलपतिको कार्यालय अगाडि आइतवारदेखि सुरु गरेको अनशन आज पनि जारी छ ।
कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयमा उपत्यकामा रहेका विभिन्न क्याम्पसका इकाई अध्यक्षहरु अनशनमा बसेका छन् । तत्काल स्ववियू निर्वाचनको मिति घोषणा गरिनुपर्ने, विद्यार्थीका मौलिक हक लागू गरिनुपर्ने र त्रिवि शैक्षिक क्यालेण्डर लागू हुनुपर्ने नेविसंघको माग छ ।
त्रिविका नेविसंघ इकाई सचिव मनीष सिजापती, त्रि–चन्द्र क्याम्पसका इकाई सचिव प्रेमराज जोशी, पाटन संयुक्त क्याम्पसका सचिव रमेश रावत, विश्वभाषा क्याम्पसका लक्ष्मण हुमागाई र आरआर क्याम्पसका इकाई सभापति डम्बरराज जोशी अनशनमा बसेका छन् ।

प्रतिक्रिया