कीर्तिपुर कपमा गुरुकुल अपराजित

काठमाडौं : प्रथम कीर्तिपुर कप बास्केटबल प्रतियोगिताको डबल राउन्ड रविन लिगअन्तर्गत शनिबार सातौँ चरणको खेल समाप्तिसम्म गुरुकुलले अपराजित यात्रालाई कायमै राखेको छ । १४ अंकसाथ गुरुकुल शीर्ष स्थानमा छ । कीर्तिपुर बास्केटबल कोर्टमा गुरुकुलले नासालाई ८६–६७ ले पराजित गर्‍यो । विजेताका सदीश प्रधान र रोविन खत्रीले समान २०–२० अंक जोडे । नासा सबै खेलमा पराजित छ ।

अन्य खेलमा ह्वाइटहाउस र गोल्डेनगेट विजयी भए । ह्वाइटहाउसले आयोजक नयाँ बजार क्लबलाई ९३–६२ ले पन्छायो । ह्वाइटहाउसको जितमा ऋषि रोबर्टसनले २७ अंक योगदान गरे । ह्वाइटहाउसले सबै क्वार्टरको नतिजा आफ्नो पक्षमा पार्‍यो । दुई जित र पाँच हारसँगै ह्वाइटहाउसको ९ अंक भएको छ । चार जित भएको नयाँ बजारको ११ अंक छ ।
गोल्डेनगेटले नेपाल आर्मी क्लबलाई ९३–७४ ले पाखा लगायो । विजयी टिमका सुजन पुनले २८ अंक जोडे । आर्मी सबै क्वार्टरमा पछि रह्यो । एक खेलमा हार बेहोरेको गोल्डेनगेट १३ अंकसाथ दोस्रो स्थानमा छ । (सौस)
एलए अन्तरकलेज फुटबलमा कविको ह्याट्रिक

काठमाडौं : क्याम्पियनले सातौँ एलए कपअन्तर्गत अन्तरकलेज फुटबल प्रतियोगितामा शनिबार जित हात पारेको छ । क्याम्पियनले आइएसएमटीमाथि ६–१ को सहज जित दर्ता गर्‍यो । क्याम्पियनको जितमा कविचन्द्र राईले ह्याट्रिक गरे भने आशीष गुरुङ, रेशम मगर र दिपेन्द्र बस्नतेले एक–एक गोल थपे । लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्ट, स्टुडेन्ट काउन्सिलद्वारा आयोजित प्रतियोगितामा ह्वाइटहाउस र काठमाडौं युनिभर्सिटी (केयु), धुलिखेल पनि विजयी भए । हात्तीवनस्थित लिटिल एन्जल्सको मैदानमा ह्वाइटहाउसले ह्वाइटफिल्डलाई २–१ ले पाखा लगायो । (सौस)

प्रतिक्रिया