विद्यार्थी बोकेको जीप दुर्घटना

गुल्मी, ९ चैत । गुल्मी जिल्लामा एसएलसी दिएर घर जाँदै गरेका विद्यार्थी सवार जीप दुर्घटना हुँदा १४ जना घाईते भएका छन् ।
मानकोट परीक्षा केन्द्रबाट दौँगा जाँदै गरेको लु १ ज १७९३ नम्बरको जीप शुक्रबार दिउँसो मानकोटमा दुर्घटना भएको हो । घाईमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाईतेलाई उपचारका लागि पाल्पाको मिशन अस्पताल लगिएको शिक्षक रामहरि पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया