परीक्षार्थीद्वारा महेन्द्र राजमार्गमा अवरोध

राजविराज, ९ चैत । सप्तरीको रुपनगरस्थित शंकर उच्च मावि केन्द्रका परीक्षार्थीले एक घण्टा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध गरेका छन् ।
एसएलसी दिन आएका सुनिल पण्डितलाई प्रहरीले कुटपिट गरेको आरोपमा उनीहरुले आज विहान राजमार्ग अवरोध गरेका हुन ।
सशत्र प्रहरीले नक्कली परीक्षार्थी भएको आशंकामा परीक्षा हलमै प्रवेश गरेर उनलाई कुटपिट गरेको विद्यार्थीको आरोप छ । विद्यार्थीले दोषी प्रहरीलाई कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया