राष्ट्रिय भारत्तोलन स्थगित

काठमाडौं : नेपाल भारत्तोलन संघ र वीरगन्ज स्विमिङ पुल तथा हेल्थ क्लबको संयुक्त आयोजनामा वीरगन्जमा हुने भनिएको प्रथम शालिमार खुला पुरुष तथा महिला राष्ट्रिय भारत्तोलन प्रतियोगिता स्थगित भएको छ । प्राविधिक कारणले केही समयका लागि प्रतियोगिता स्थगित गरिएको आयोजक संघका सह–सचिव सञ्जय महर्जनले जनाएका छन् । प्रतियोगिताको मिति नतोके पनि चैत भित्रै प्रतियोगिता हुने बताइएको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार प्रतियोगिता चैत ७ देखि १० गतेसम्म हुने भनिएको थियो । (सौस)

प्रतिक्रिया