चाँदीका गहनासहित दुई समातिए

रौतहट : भारतबाट अवैध रूपमा ल्याउँदै गरेको चाँदीका गहनासहित दुई जनालाई भन्सार सुरक्षा गार्ड टोलीले पक्राउ गरेको छ ।
भन्सार सुरक्षा गार्डका प्रहरी सहायक निरीक्षक रामेश्वर राय यादवले ना १० प ८९७९ नम्बरको पल्सर मोटरसाइकलमा भारतबाट चाँदी लिएर जाँदै गरेका गरुडा ६ का मुकेश साह र कटहरिया ८ का वीरबहादुर क्षेत्रीलाई पक्राउ गरेका हुन् । पक्राउ परेका दुवैको साथबाट प्रहरीले एक किलो आठ सय ग्राम तयारी चाँदीका गहना बरामद गरेको छ । बरामद चाँदीका गहनामा पाउजु २४ थान र १६ थान सिक्री रहेको प्रहरीले जनाएको छ । पक्राउपछि दुवै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गौरमा राखिएको छ । (सौस)

प्रतिक्रिया