गैंडाको खागसहित चार जना पक्राउ

चितवन, ७ चैत । चितवनको भरतपुर २ क्षेत्रपुरबाट गैंडाको खाग सहित बुधबार चार जना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान व्युरो (सिविआई ) र चितवन प्रहरीको सहयोगमा ९ सय ग्रामको गैंडाको खागसहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक कुमार थापाले जानकारी दिए । पक्राउ पर्नेमा भरतपुर नगरपालिका २ का ३६ वर्षीय भिम बहादुर बि.क, ४४ वर्षीय आसबहादुर सुनार, कृष्ण गहतराज र गोर्खा जिल्ला बारपाक ९ लाप्राकका ५० वर्षीय धन बहादुर गुरुगं रहेका छन् । अवैध रुपमा बिक्रीका लागि लुकाई राखेको अवस्थामा प्रहरीले उनीहरुलाई खाग सहित पक्राउ गरेको हो । उनीहरुलाई बरामद खाग सहित आवश्यक कानुनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया