निर्देशकले बुझाए हस्ताक्षर

काठमाडौं : चलचित्र निर्देशक समाजमा विशेष साधारणसभाको माग गरिएको छ । अध्यक्ष विमल पौडेलले राजीनामा दिएको लामो समयपछि समाजमा साधारणसभा माग गरिएको हो । समाजका निर्वाचित पदाधिकारीकै क्रियाकलापबाट असन्तुष्ट ३३ निर्देशकले हस्ताक्षर गरेको पत्र बुझाउँदै साधारण सभाको माग गरेका हुन् ।
उक्त निवेदन दर्ता गराउने निर्देशकहरूमा दिनेश डिसी, ऋषि लामिछाने, डा.घनश्याम खतिवडा, दीपक खाँड, नवल नेपाल, रामशरण घिमिरेलगायत रहेका छन् । निवेदनमा अध्यक्षले राजीनामा दिइसकेपछि कार्यसमितिको औचित्य समाप्त भएकोले जतिसक्दो चाँडो कार्यकारी समितिले बैठक बसी बढीमा १५ दिनभित्र विशेष साधारणसभा बोलाउनुपर्ने माग राखिएका छन् । (सौस)

प्रतिक्रिया