प्रोस्टेट क्यान्सरले यौनजीवन ध्वस्त

casual_sexप्रोस्टेट क्यान्सरको उपचारपछि सेक्सलाइफ खतरामा पर्ने संकेत देखिएको छ । प्रोस्टेट क्यान्सरको उपचार गराएकामध्ये ब्रिटेनका सोह्र हजार पुरुषको अनुभवले यस्तो संकेत गरेको हो । म्याकमिलन क्यान्सर सपोर्ट च्यारिटीको आँकलन अनुसार ती पुरुषमध्ये कतिको सेक्स लाइफ प्रोस्टेट क्यान्सरको उपचारपछि ध्वस्त भएको छ भने कतिको यौनक्षमता ओइलाएको छ । यो आँकडा बढ्दै गइरहेको र सन् २०३० सम्ममा अहिलको दुगुना हुने अनुमान गरिएको छ ।
प्रोस्टेट क्यान्सरको उपचारका दौरान अपनाइने सर्जरी, रेडियोथेरापी र हर्मोनथेरापीको दुष्प्रभावबाट उत्पन्न हुने इरेक्टाइल डिस्फङ्सनले यस्तो जोखिम निम्त्याउने बताइएको छ । ब्रिटेनमा हरेक वर्ष ४० हजारभन्दा बढी पुरुष प्रोस्टेट क्यान्सरबाट पीडित हुने गरेको आँकडा छ । क्यान्सरपीडितमध्ये कतिको शारीरिक सिरा स्थायी रूपमै ध्वस्त हुने गरेको पाइएको छ। उपचारपछि कतिको हकमा तात्कालिक रूपमा देखिने शारीरिक समस्या त कतिको हकमा यौनसम्बन्धी मनोवैज्ञानिक समस्या देखापर्ने गरेको छ । प्रत्येक तीनमध्ये दुई क्यान्सरपीडितले आफूहरूलाई यौनसम्बन्धपूर्वका क्रियाकलापमै दिक्क लाग्ने गरेको बताएका छन् । प्रोस्टेट क्यान्सरको उपचार गराएका ६३ वर्षे जेन एन्ड्रयुजले भने– ‘मर्नबाट बच्न कामेच्छा ध्वस्त पारिदिने औषधि सेवन गर्नुको विकल्प नरहेपछि सम्भावित यौन शिथिलतालाई स्वीकार्न बाध्य हुनुपर्दो रहेछ । जब मलाई अब आफू बाँच्छु जस्तो अनुभूति भयो त्यति बेला मेरो यौनजीवन ध्वस्त भइसकेको रहेछ । फेरि हामीजस्ता मान्छे आफ्नो यो दु:ख कसैसँग बाँड्न पनि पाउँदैनौँ । कोही सुन्नै चाहँदैन । एक्लो महसुस हुन्छ ।’ (एजेन्सी)

प्रतिक्रिया