चरिकोट, ५चैत्र । दोलखामा रहेको जिरी प्राविधिक शिक्षालयका एक चौकिदारको मृत्यु भएको लामो समयसम्म पनि घटनाको सत्यतथ्य लुकाइएको भन्दै पीडितहरुले यथार्थ सार्वजनिक गर्न माग गरेका छन् ।
१३ दिन अघि ड्युटीमै रहेको अवस्थामा मृत भेटिएका स्थानीय ४५ बर्षीय नरमान जिरेलका आफन्तले शिक्षालयले नै घटना लुकाउन खोजेको आरोप लगाएक छन । ड्युटी सकिएको ६ घण्टासम्म पनि घर नआएपछि खोजी गर्ने क्रममा ड्यूटीमै रहेको अवस्थामा मृत फेला परेका थिए ।
घटना भएको लामो समयसम्म पनि शिक्षालयले यथार्थ जानकारी नदिएको र प्रहरी प्रशासनले पनि अनुसन्धानमा चासो नदेखाएको भन्दै आफन्तले आक्रोश पोखेका छन् । मृतक जिरेलको पोष्टमार्टम गर्दा टाउकोमा गम्भिर चोट लागेको र चोटका कारण रगत जमेको देखिएको चिकित्सकले बताएका थिए । प्रहरीले अनुसन्धानका लागि शिक्षालयमा कार्यरत ४ जना चौकिदारलाई हिरासतमा लिई अनुसन्धान गरेको थियो ।
प्रतिक्रिया