रेग्मी विरुद्ध बारद्धारा मुलुक भरि प्रदर्शन

nepal bar acatationउदयपुर, ५ चैत । प्रधानन्यायाधीश खिलराज रेग्मीलाई अन्तरिम मन्त्रिपरिषदको अध्यक्षको जिम्मेवारी दिएको विरोधमा कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले मुलुक भरि प्रदर्शन गरेको छ ।
बारका मुलुक भरिका शाखाले आज विरोध सभा गरेको हो । बारले कार्यपालिका र न्यायापालिकाको प्रमुख एकै व्यक्ति हुन नहुँने जनाउँदै आएको छ । उसले अध्यक्ष रेग्मीलाई प्रधानन्यायाधीश पदबाट तत्काल राजीनामा दिन दवाव दिँदै आएको छ ।
रेग्मीलाई अन्तरिम मन्त्रिपरिषदको अध्यक्ष बनाएको चर्को विरोध गरेको बारले उनले सपथ लिएको दिनलाई ‘कालो दिन’का रुपमा चित्रण गर्दै आएको छ ।
चार राजनीतिक शक्तिको सहमतिअनुसार प्रधानन्यायाधीश रेग्मीले अन्तरिम मन्त्रिपरिषद्को अध्यक्षमा सपथ लिएका थिए ।
यसैबीच, उदयपुरमा पनि कानून व्यवसायीले विरोध सभा गरेका छन् । उनीहरुले मन्त्रिपरिषदका अध्यक्ष रेग्मीले अविलम्ब प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्ने माग गरे ।
उदयपुर बारका अध्यक्ष श्यामानन्द चौधरीले प्रधानन्यायाधी र अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष एउटै व्यक्ति हुँदा कार्यपालीका र न्यायापालिकामा समस्या हुने उल्लेख गरे ।

प्रतिक्रिया