प्रहरीले कुटे पत्रकार

saptariराजविराज, ५ चैत । एसएलसी परीक्षाको समाचार संकलनका लागि सप्तरीको रुपनगर स्थित शंकर उच्च मावि परीक्षा केन्द्रमा गएका सञ्चारकर्मीलाई प्रहरीले कुटपिट गरेका छन् ।
स्थानीय ‘सि एफएम’ राजविराजका सञ्चारकर्मी श्यामकुमार पासवानलाई आज प्रहरीले कुटपीट गरेको छ । परीक्षा सुरु हुनअघि चेकजाँच गर्ने क्रममा विद्यार्थीले होहल्ला गरेपछि प्रहरीले लाठी चार्ज गरेको थियो । प्रहरीले अन्धाधुन्ध लाठीचार्ज गर्न थालेपछि पत्रकार परिचयपत्र देखाउँदा समेत आफुमाथि अन्धाधुन्ध कुटपीट गरिएको पासवानले वताए । पत्रकार कुटपीटको घटनालाई लिएर स्थानीय सञ्चारकर्मीहरुले विरोध जनाएपछि ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेन्द्र वस्नेतले दोषीलाई कारवाही गर्ने आश्वासन दिए ।

प्रतिक्रिया