राप्रपा नेपालद्वारा तोडफोड

हेटौंडा : महिनादेखि मकवानपुरलाई लोडसेडिङमुक्त जिल्ला घोषणाको माग गर्दै आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आइतबार प्राधिकरण हेटौँडा ग्रेडका प्रमुखको कार्यकक्षमा तोडफोडका साथै आगजनी गरेको छ ।
हेटौंडाको चौंकी टोलस्थित प्राधिकरण डिजलप्लान्टको गेटमा तालाबन्दी गरी बोर्डमा कालो पोतेपछि राप्रपा नेपालका कार्यकर्ताले प्रमुख इन्जिनियर दीर्घायुकुमार श्रेष्ठको कार्यक्षमा गई कुर्सी र टेबुल बाहिर निकाली आगो लगाएका थिए । आगजनीपछि उनीहरू भागेका थिए । (सौस)

प्रतिक्रिया