चार दलको सहमती माओवादीले जलायो

mohan-baidhya-ji-1काठमाडौं, २ चैत । प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार गठन गर्न प्रमुख चार राजनीतिक दलहरुबीच भएको सहमतीलाई नेकपा–माओवादीले जलाएको छ ।
विदेशीको ईशारामा ठूला राजनीतिक दलहरुले असंवैधानिक तरिकाले प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व सुम्पेको आरोप लगाउँदै माओवादीले चार दलबीच भएको सहमती जलाएको हो । माओवादीले आज देशभर विभिन्न जिल्लाहरुमा सहमतीपत्र जलाएको हो । आज साँझ काठमाडौंको रत्नपार्कमा चार दलबीचको सहमतीपत्र जलाउने क्रममा प्रहरी र माओवादीका कार्यकर्ताहरुबीच झडपको स्थिती सिर्जना भएको थियो ।
सहमतीपत्र जलाएपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै माओवादी उपाध्यक्ष सीपी गजुरेलले ठूला राजनीतिक दलहरुले खुला रुपमा विदेशी हस्तक्षेप भित्राएको आरोप लगाए । उनले प्रधानन्यायाधीश नेतृत्वको चुनावी सरकारलाई आफ्नो दलले स्वीकार नगर्ने स्पष्ट पार्दै चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिए ।
नेकपा–माओवादी लगायत विभिन्न साना २२ दलहरुले संयुक्त रुपमा खिलराज रेग्मीको नेतृत्वको अन्तरिम चुनावी मन्त्रिपरिषद्को विरोधमा गरेका छन् ।

प्रतिक्रिया