‘साँचो हाम्रै हातमा’

babuकाठमाडौं : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गैरराजनीतिक व्यक्ति सम्मिलित सरकार छोटो अवधिका लागि मात्र भएको बताएका छन् । वर्तमान सरकारको काम संविधानसभाको निर्वाचन गराउने मात्र रहेको जानकारी गराउँदै आफ्नो निवास सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘प्रधानन्यायाधीश नेतृत्वमा अन्तरिम चुनावी परिषद् गठन भए पनि यसको तालासाँचो राजनीतिका दलहरूकै हातमा छ ।’
उनले चुनावमा जाने विषयमा सबै दल सहमतिमा भएकाले तोकिएकै मितिमा चुनाव हुने विश्वास व्यक्त गरे । उनले थपे, ‘जेठमा निर्वाचन हुन सक्छ, प्राविधिक रूपमा पनि ९० दिनको समय चाहिने हो, त्यो समय पुग्छ ।’ डा. भट्टराईले वर्तमान सरकार गठन हुनुको पछाडि आºनो पनि भूमिका रहेकोमा जोड दिए । उनले थपे, ‘मेरो सरकारको पालामा राजनीतिक सहमति हुनु निकै ठूलो उपलब्धिको कुरा हो ।’
आफू नेतृत्वको सरकारले घोषणा गरेको निर्वाचन हुन नसक्नुमा ठूला राजनीतिक दलको असहमति र राष्ट्रपतिले महत्त्वपूर्ण अध्यादेश रोक्नु प्रमुख कारण रहेको उनको भनाइ थियो । भट्टराईले १८ महिना १८ दिनको आफ्नो कार्यकालमा शान्तिप्रक्रियाको पूर्णता र सेना समायोजन कार्यलाई टुंगोमा पुर्‍याएको बताए ।

 

प्रतिक्रिया