जिनपिङ अब चिनियाँ राष्ट्रपति

mainबेइजिङ : चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सि जिनपिङ चीनको राष्ट्रपति पदमा निर्वाचित भएका छन् । चिनियाँ संसद ‘नेसनल पिपुल्स कंग्रेस’को बिहीबार बसेको बैठकले उनलाई राष्ट्रपति पदमा निर्वाचित गरेको हो ।
चिनियाँ कम्युनिस्ट पार्टीको महासचिवमा नियुक्त भएको चार महिनापछि चिनियाँ संसदले उनलाई औपचारिक रूपमा राष्ट्रपति पदमा निर्वाचित गरेको हो । संसदको बिहीबारको बैठकमा राष्ट्रपतीय निर्वाचनसम्बन्धी समितिको अध्यक्षता गरेका कम्युनिस्ट पार्टीका वरिष्ठ सदस्य लिउ युनसाहले उनी राष्ट्रपति पदमा निर्वाचित भएको घोषणा सुनाएका थिए । निर्वाचन परिणाम घोषणा भएपछि ५९ वर्षीय नवनिर्वाचित राष्ट्रपतिले उठेर संसदका सबै सदस्यप्रति झुकेर सम्मान व्यक्त गरेका थिए । चीनमा राष्ट्रपति कार्यकारी पद हो । त्यहाँको उपराष्ट्रपति भने सेरेमोनियल पद मानिन्छ । (एएफपी)

प्रतिक्रिया