‘हु विल बी अ गोर्खा’ डकुमेन्ट्री मात्र

gurkha_600_641काठमाडौं : आफ्नो चलचित्र प्रदर्शनमा ल्याउन निर्मातालाई सधैँ हतारो हुने गर्दछ । यस कारण पनि एकल चलचित्र प्रदर्शन गर्छु भनेर जति नै पालो पर्खाइ गरे पनि चलचित्र रिलिजको समयमा दुई वा सोभन्दा माथिका चलचित्र व्यावसायिक प्रतिस्प्रर्धाका लागि अगाडि आएकै हुन्छन् । अघिल्लो दुई साता फ्राइडे रिलिजअन्तर्गत दुई वा सो भन्दा बढी चलचित्र सार्वजनिक प्रदर्शनमा आएको भए पनि यो साता अर्थात् आज शुक्रबार एक मात्र चलचित्र – ‘हु विल बी अ गोर्खा’ रिलिज हुँदै छ । चलचित्रका निर्देशक केसाङ छेतेन रहेका छन् । त्यस्तै उपत्यका बाहिर लागेको चलचित्र वरदान आजैबाट उपत्यका भित्रिने भएको छ । वरदानका निर्देशक शोभित बस्नेत हुन् ।
चलचित्र ‘हु विल बी अ गोर्खा’ डकुमेन्ट्री चलचित्र हो । यसमा पोखरास्थित बृटिस गोर्खा क्याम्पमा हुने छनोट प्रक्रियालाई विषयवस्तु बनाएर तयार पारिएको छ । धेरैजसो निर्माता निर्देशकले डकुमेन्ट्रीलाई सिनेमा भवनबाट सार्वजनिक प्रदर्शनमा ल्याउने गरेका छैनन् । तर, यसलाई हामीले दर्शकका लागि उपयुक्त हुने देखेर प्रदर्शनमा ल्याउन लागेका हौँ ,निर्देशक छेतेनले भने । चलचित्र प्रदर्शन हुने सिनेमा भवनमा डकुमेन्ट्री कमै मात्र प्रदर्शन हुने गरेका छन् । तर, अचेल प्रतिदिन यो क्रम बढ्दो छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सवमा सहभागिता जनाएको महोत्सव मध्ये केहीमा यस चलचित्रले अवार्ड पनि हात पारेको छ ।
शून्यता फिल्म्स् प्रोडक्सन र गोङ्गजु फिल्म्स्को संयुक्त निर्माणमा तयार भएको डकुमेन्ट्री ‘हु विल बी अ गोर्खा’ को पोस्ट प्रोडक्सन नर्वेमा गरिएको छ । पछिल्लो समयमा दर्शकहरूले डकुमेन्ट्री चलचित्रतिर पनि ध्यान दिन थालेका छन् । निर्देशक छेतेनल भने डकुमेन्ट्रीलाई सामान्य, गम्भीर र पट्यारलाग्दो फिल्मका रूपमा हेर्ने चनल छ । तर, यस चलचित्रले दर्शकलाई पट्यार लाग्दैन । (सौस)

प्रतिक्रिया