बेरीमोर फेरी एडमसाग

barrymore-लन्डन : हलिवुड अभिनेत्री बेरीमोर एकपटक फेरि अभिनेता एडम सैंडलरसँग देखिने भएकी छन् । लामो समयपछि यी दुवै कलाकार एकै चलचित्र अभिनयमा देखिन लागेका हुन् । निर्माणको तयारीमा रहेको एक रोमान्टिक हास्य चलचित्रमा यी दुवैले पुन: एकपटक सँगै अभिनय गर्न लागेका हुन् ।
फ्रैंक कोराको निर्देशनमा निमार्ण हुने चलचित्र ‘बलेंडेड’ मा यी दुवै एक साथ अभिनयमा देखिन लागेका हुन् । यस चलचित्रमा ३८ वर्षीया बैरीमोर र ४६ वर्षीय सैंडलरको प्रमुख भूमिका रहेको छ । चलचित्रमा यी दुवैले हट एन्ड रोमान्टिक दृश्य दिने एजेन्सीले समाचारमा जनाएका छन् ।
अचेल बेरीमोर पूर्व पति तिरका एकबच्चासहित अभिनेता एडमसँग एक होटेलमा बस्ने गरेकी छन् । चलचित्रको छायांकनका लागि सजिलो हुन्छ भनेर सँगै बस्दै आएको यी दुवैले बताउँदै आएका छन् । चलचित्रको छायांकन मे महिनामा सुरुहुने भएको छ । यस चलचित्रका लागि यी दुवैले अहिले तयारी पनि गरिरहेका छन्. । बैरीमोर र एडमको एकसाथ अभिनय रहने यो तेस्रो चलचित्र हो । चलचित्र छायांकन अवधिभर यी दुवैको होटलमा एक साथ रहने र अन्य कुनै पनि चलचित्रमा दुवैले काम नगर्ने योजना पनि बनाएको एजेन्सीले समाचारमा जनाएको छ । (एजेन्सी)

प्रतिक्रिया