मनाङ र मच्छिन्द्र अगाडि, सेना र आरसिटी पराजित

काठमाडौं, १ चैत । मनाङ–मस्र्याङ्दी क्लबले रेडबुल ए डिभिजन लिग फुटबलको उपाधि जित्ने सम्भावनालाई कायम नै राखेको छ । बुधबार भएको खेलमा नेपाल आर्मी क्लबलाई १–० ले पराजित गरेपछि थ्री–स्टार क्लबसँगको दूरीलाई तीन अंकमा झारेको छ । बुधबारको अर्को खेलमा मच्छिन्द्र क्लबले आरसिटीलाई २–१ ले पराजित गर्‍यो ।

मनाङलाई जित दिलाउने क्रममा अनील गुरुङले छैटौँ मिनेटमा हेड गोल गरे । उनले सुजल श्रेष्ठको परफेक्ट क्रसलाई उपयोग गरेका थिए । ६३औँ मिनेटमा दोस्रो पहेँलो कार्ड स्वरूप अनिलले रातो कार्ड पाएपछि मनाङ १० खेलाडीमा सिमित भएको थियो ।
यसअघि भएको पहलिो खेलमा मच्छिन्द्रले आरसिटीलाई २–१ ले पराजित गर्‍यो । मच्छिन्द्रका लागि ८८औँ मिनेटमा विशाल राईले निर्णायक गोल गरे । २९औँ मिनेटमा विशाल राई ‘बी’को पासमा दीपक राईले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए । ७६औँ मिनेटमा विजय गुरुङको कर्नरमा हेड गर्दै अमर डंगोलले आरसिटीका लागि निर्णायक गोल गरे । लिगमा मनाङ–मस्र्याङ्दी ३२ अंकसहित दोस्रो स्थानमा छ भने थ्री–स्टार क्लब ३८ अंकसहित शीर्ष स्थानमा छ ।

प्रतिक्रिया