अनेमसंघ उदयपुरको अध्यक्षमा कला

उदयपुर, ३० फागुन । अखिल नेपाल महिला संघ उदयपुरको पाँचौ अधिवेशनले कला घलेको अध्यक्षतामा ३१ सदस्य कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले उपाध्यक्षमा विमला ढुंगाना र चुना थापा मगर, सचिवमा गंगा राई, सहसचिवमा उर्मिला चौधरी र कोषाध्यक्षमा शारदा दनुवारलाई सर्वसम्त चयन गरेको छ ।
सदस्यहरुमा सम्झना न्यौपाने, दत्तकुमारी राई, कमला पौडेल, प्रमिला परियार, कुमारी मास्के, हेमा कुमारी विश्वकर्मा, उमा कुमारी राउत, उर्मिला दाहाल, वेदमायाँ धमला चयन भएका छन् ।
प्रमिला परियार, पूर्णकला बञ्जरा, पूर्णमायाँ मगर, श्रीदेवी घिमिरे, गंगा कार्की, रेवन्ती राई, डम्बरी राई, शान्ता पोखरेल, गीताकुमारी बराल, राजकुमारी चौधरी, विदुर कुमारी चौधरी र मणिकादेवी दुलाल पनि सदस्यमा चयन भएका छन् ।
चार सदस्य पछि मनोनित गरिने छ । निर्वाचित कार्यसमितिलाई बुधवारनै सपथ गराईएको छ ।

प्रतिक्रिया