शिक्षा मन्त्रलायले जारी गरेको निजी विद्यालय सञ्चालन निर्देशिका, ०६९ लाई कसरी लिनुभएको छ ?

शिक्षा मन्त्रालयले जारी गरेको निजी विद्यालय सञ्चालन निर्देशिका, ०६९ ले मनोमानी तवरबाट सञ्चालित शैक्षिक संस्थाहरूलाई व्यवस्थित गर्न र उनीहरूलाई मर्यादित बनाउन सहयोग पुर्‍याउनेछ । ती शैक्षिक संस्थाहरूमा देखिएका छाडा प्रवृत्ति र उत्ताउलो किसिमका क्रियाकलाप नियन्त्रणका लागि राम्रो प्रयासका रूपमा लिनुपर्छ । जस्तो, निर्देशिकामा विद्यालयले निर्धारण गरेको पोसाकलाई उत्ताउलोपना र छाडापन झल्काउन निरुत्साहित गर्छ । त्यस्तै मनोमानी शुल्क लिने विद्यालयहरूलाई पनि निश्चित दायरामा ल्याउनेछ । त्यस्तै, निश्चित स्थान तथा क्षेत्रमा विद्यालय सञ्चालन गर्ने भन्ने पनि तोकिएको छ । साथै विदेशी नाम राखेर शिक्षामा भित्रिएको पागलपनलाई पनि यसले नियन्त्रण गर्नेछ । यी समग्र प्रावधानहरूलाई अध्ययन गर्दा शैक्षिक क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन सहयोग पुर्‍याउँछ । यसमा विद्यालय सञ्चालकहरूले विरोध गर्नुपर्ने म त केही पनि देख्दिनँ । यसमा रहेका राम्रा नराम्रा कुराहरू पछि अनुसन्धान गर्दै प्रमाणित हुने नै छन् । तर, अहिलेलाई राम्रो प्रयासको शुरुआतलाई त कार्यान्वयन गर्ने जमर्को गरौँ । राम्रो र सार्थक मनशायबाट थालिएको प्रयासलाई सकारात्मक रूपमा लिन सक्नुपर्छ ।

प्रतिक्रिया