बाजेद्वारा नातिनी बलात्कृत

सुर्खेत, २९ फागुन । पश्चिम सुर्खेतको बाबियाचौर–५ चतुरेका ६२ वर्षीय पुरे सार्कीले ४ वर्षीया आफ्नै नातिनीलाई घरनजिकैको गोठमा मुख थुनेर आइतबार बिहान बलात्कार गरेका छन् । प्रहरीका अनुसार समयसमयमा मानसिक सन्तुलन गुमाउने गरेका सार्कीले रक्ताम्य हुने गरी बालिकालाई बलात्कार गरेका हुन् ।

इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक सुवर्ण श्रेष्ठले नातिनी बलात्कार गर्ने सार्कीलाई आइतबार साँझ पक्राउ गरी थप कारबाहीको लागि सोमबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाइएको जानकारी दिए । श्रेष्ठका अनुसार बलात्कारपछि बाजे भागेको र आमाले गोठमा चिच्याइरहेको अवस्थामा बालिकालाई फेला पारेकी थिइन् । बलात्कृत बालिकाको हाल क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।
यस्तै विद्यापुर गाविस–७ दुलालथाईका १६ वर्षीय एक बालकले सोही स्थानका ६ वर्षीया बालिकालाई यही फागुन २२ गते बलात्कार गरेको पनि इलाका प्रहरी कार्यालय बाबियाचौरले जनाएको छ । सो कार्यालयका अनुसार यसरी ६ वर्षीया बालिका बलात्कार गर्ने बालकलाई पनि पक्राउपछि सोमबार नै थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाइएको छ ।

प्रतिक्रिया