राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टीमा पदाधिकारी चयन

भैरहवा : राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी रूपन्देहीको सोमबार भैरहवामा बसेको बैठकले रिक्त पदाधिकारीको मनोनयन गर्नुका साथै आगामी चैत २३ गतेदेखि २६ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि पार्षद एवं महाधिवेशन प्रतिनिधि चयन गरेको छ ।
पार्टीका जिल्ला अध्यक्ष सागरप्रताप राणाको अध्यक्षतामा बसेको बैठकले पार्टीको जिल्ला उपाध्यक्षमा शेरबहादुर क्षेत्री र पूर्णबहादुर विक, सचिवमा सुग्रीमप्रसाद त्रिपाठी, कोषाध्यक्षमा अब्दुरउर्फ मुसलमान, सहसचिवमा उमा राना र प्रवक्तामा झिल्लुप्रसाद न्यौपानेलाई मनोनीत गरेको छ ।
बैठकले जिल्ला सभापति सागरप्रताप राणासहित शेरबहादुर क्षेत्री र झिल्लुप्रसाद न्यौपानेलाई राष्ट्रिय पार्षदमा तथा ताहिर अली, कपिलेश्वर त्रिपाठी, नारायणप्रसाद सापकोटा उपाध्याय, पूर्णबहादुर विक, उमा राना, लीला खरेल र राधिका पाण्डेलाई महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन गरेको छ । (सौस)

प्रतिक्रिया